चर्चित नेपाली फुटबलर मणि शाहको निधन

चर्चित नेपाली फुटबलर मणि शाहको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका पूर्वराष्ट्रिय फुटबलर मणि शाहको निधन भएको छ।

लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको ५१ वर्षको उमेरमा सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

सोमबार साँझ ५ बजेर ४२ मिनेटमा निधन शाहको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुष्टि गरे।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि एन्फा मुख्यालयमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने भएको छ।

उनी गत आइतबार अस्पताल भर्ना भएका थिए।

सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन्।

सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा बोक्ने अहिलेसम्म नै एक मात्र फुटबल खेलाडी हुन् । शाहका श्रीमती र १ छोरी छन्।