खुँखार गुण्डा मनिष मानन्धर सोल्टीमोडबाट पक्राउ

खुँखार गुण्डा मनिष मानन्धर सोल्टीमोडबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले कालीमाटीका गुण्डा कट्टु उपनाम भएका मनिष मानन्धरलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न रहेको खुँखार डाँका कट्टु मनिष मानन्धरलाई सोमबार पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार मानन्धर २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार रहेका अभियुक्त हुन्। ‘दशैंमा काठमाडौं भित्रिएको विशेष सूचनापछि खोजी गरिरहेका थियौं, पक्राउ गर्न सफल भयौँ’, एसएसपी लामाले भने, ‘उनी नौ वटा मुद्दामा संलग्न रहेको खुलेको छ।’