जापानको ‘स्पिच कन्टेस्ट’मा नेपाली विद्यार्थी मनिषा भइन द्वितीय, एक लाख पुरस्कार

जापानको ‘स्पिच कन्टेस्ट’मा नेपाली विद्यार्थी मनिषा भइन द्वितीय, एक लाख पुरस्कार


काठमाडौं– नेपाली विद्यार्थी मनिषा भण्डारीले जापानमा भएको स्पिच कन्टेस्टमा द्वितीय स्थान हासिल गरेकी छन्।

 

 

फाइनलमा श्रीलंकाली विद्यार्थी प्रथम भए।

 

द्वितीय भएकी मनिषाले एक लाख पुरस्कार पाइन् प्रथमले ३ लाख पाएका थिए। फाइनलमा पुग्ने सबैले ५० हजार रूपैयाँ पुरस्कार पाएका थिए।

 

 

फाइनलमा पुगेका नेपाल, चीन, भियतनाम, श्रीलंका र बंगलादेशका विद्यार्थीले आ–आफ्नो देश र जापानको सांस्कृतिक विविधता तथा दुई देशको संस्कृतिबीच विद्यार्थीले कसरी पुलको भूमिका खेल्न सक्छन् भन्नेबारे धाराणा राखेका थिए।

 

 

जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुका लागि आयोजित प्रतियोगितामा १८ सय विद्यार्थीले भाग लिएका थिए।

 

त्यसमध्ये कम्पोजिसन टेस्ट तथा भिडियो टेस्टबाट १३ जनामात्र फाइनलमा पुगेका थिए ।