बाँकेमा चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

बाँकेमा चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई पक्राउ गरेको हो ।

नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

चितुवा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेल बताउंछन् । दुवै छालामा गोली लागेको प्वाल रहेको छ । नेपाली र वादीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ ।