काठमाण्डु- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको थियो । उनको निधनमा शुक्रवारका सबै सरकारी कार्यक्रम रद्द गरिएका छन् । उनको अन्तिम संस्कार शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।
अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।
केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।
कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन् । मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो ।
प्रतिक्रिया