नयाँ दिल्ली – लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवणे भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । उनले जनरल बिपिन रावतको स्थान लिनेछन् ।
हालका सेना प्रमुख बिपिन रावतको कार्यकाल ३१ डिसेम्बरमा समाप्त हुँदैछ । सोही दिन नरवणेले सेनापतिको पदभार ग्रहण गर्नेछन् । नरवणे हाल सेनाका उप–प्रमुख हुन् ।
उनको नियुक्ति यस्तो समयमा भएको छ कि जब भारत र पाकिस्तानकाबीच कश्मीर तथा चरमपन्थी गतिविधिकाबीच तनाव उत्पन्न भएको छ ।
लेफ्टिनेन्ट जनरल नरवणेको कमिसन जुन १९८०मा सिख लाइट इन्फेन्ट्रीमा भएको थियो । उनलाई कश्मीर तथा उत्तरपूर्व भारतमा चरममन्थी बिरोधी अभियानको व्यापक अनुभव रहेको छ ।
उनले जम्मु–कश्मिरमा एक राष्ट्रिय राइफल्स बटालियनको कमान सम्हालेका छन् र उनी मेजर जनरलको रुपमा आसाममा राइफल्सको इन्सपेक्टर जनरल पनि रहेका छन् ।
दिल्ली आउनुपूर्व नरवणे कोलकातामा पूर्वी कमान का प्रमुख पनि रहेका थिए । पूर्वी कमानले भारत र चीनबीचको लगभग ४ हजार किलोमीटरको सीमाको रेखदेख गर्ने गर्छ ।
हालसालै पूर्वी सीमामा ठूलो अभ्यास गराउनुका पछाडि नरवणेकोनै हात रहेको थियो । दोस्रो कमानको नियुक्तिभन्दा केही वर्ष पहिले उनी दिल्ली एरिया जनरल अफिसर पनि रहेका थिए ।
लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवणेको पत्नी बिना नरवणे एक शिक्षिका हुन् र उनको दुई छोरी रहेका छन् ।
पश्चिम बंगालका राज्यपाल जगदीप धनखण्डले लेफ्टिनेन्ट नरवणेलाई बधाइ समेत दिएका छन् ।
प्रतिक्रिया