मन्त्री बस्नेतसँगको भेटमा अमेरिकी राजदूत टेप्लिजले भनिन्ः ‘नेपालको वातावरण संरक्षणमा ट्रम्प प्रशासनले प्राथमिकता दिएको छ’

मन्त्री बस्नेतसँगको भेटमा अमेरिकी राजदूत टेप्लिजले भनिन्ः ‘नेपालको वातावरण संरक्षणमा ट्रम्प प्रशासनले प्राथमिकता दिएको छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अमेरिकी राजदूत अलाइना वी टेप्लिजबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार भएको भेटमा  मन्त्री बस्नेतले नेपाल र अमेरिकाबीच ७० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै आगमी दिनमा थप प्रगाढ सम्बन्ध निर्माण गर्न सरकार तयार रहेको बताए ।

राजदूत टेप्लिजले नेपालको वन तथा वातावरण संरक्षणको क्षेत्रलाई ट्रम्प प्रशासनले प्राथमिकतामा राखेको बताउँदै नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताइन् ।

राजदूत टेप्लिजले नेपालमा ‘सफा हावा’ कार्यक्रमअन्तर्गत वातावरण मन्त्रालयसँगको सहकार्यमा कम्प्युटर सफ्टवेयर उपलब्ध गराउन लागेको जाकनारी दिईन् ।

मन्त्री बस्नेतले वातावरण प्रदूषणका लागि नेपालले विश्वसमुदायसामु जनाएको प्रतिबद्धता र सन्धिहरुको कार्यान्वनमा सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।