मन्त्रिमण्डल हेरफेका विषयमा प्रधानमन्त्रीले जे भन्नुभयो, त्यही हुन्छ : अध्यक्ष प्रचण्ड

मन्त्रिमण्डल हेरफेका विषयमा प्रधानमन्त्रीले जे भन्नुभयो, त्यही हुन्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं – चार दिने भारत भ्रमण स्पम्पन्न गरेर स्वदेश फर्केका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार विमानस्थलमा संञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रिमण्डलको हेरफेर आफ्नो विषय नभएको बताएका छन् ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै प्रचण्डले भने, ‘स्थिर सरकार भइसकेपछि समृद्ध नेपाल भारतको पनि चाहना रहेछ ।’

उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए । ‘भ्रमण आर्थिक समृद्धिका विषयमा केन्द्रित भयो, समग्रमा फलदायी भयो ’, उनले भने । मन्त्री फेरबदलबारे पत्रकारको जिज्ञासामा प्रचण्डले प्रधानमन्त्रीले भने जस्तै तत्काल हेरफेर नहुने बताएका छन् ।

‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ, त्यहीँ अधिकारिक हो,’ उनले भने, ‘गल्ती गर्नेलाई कारबाही हुन्छ भन्ने सन्दर्भमा कुरा आएको हो । अब मन्त्रीहरूले सक्रियतापूर्वक काम गर्न थाल्नुभयो भन्ने मैले बुझेँ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो भारत भ्रमण सरकारका कामलाई सहयोग पु¥याउका लागि भएको दावी गरेका छन्।

भारत भ्रमणका क्रममा आफूले पुराना सहमति कार्यान्वयन गराउने र दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको उनको दावी थियो। ‘यो मेरो राजनीतिक मुद्दामा केन्द्रित भ्रमण थिएन’, उनले भने, ‘विकास र समृद्धिलाई केन्द्रमा राखेको हुँदा भ्रमण पनि त्यसै अनुरुप भएको उनको दावी थियो ।

भारत भ्रमण जानुअघि प्रचण्डले मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका थिए ।भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।