काठमाण्डु– सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् ।
बजगाईँले मन्त्री पाण्डेलाई क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए ।
आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले सामाजिक सञ्जालबाट माफी माग्दै फिर्ता लिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यस कारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु।’
प्रतिक्रिया