उर्जा मन्त्रि पुन : बंगलादेश प्रस्थान

उर्जा मन्त्रि पुन : बंगलादेश प्रस्थान


काठमाडौँ – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अन्नत’ बुधबार दिउँसो बंगलादेश प्रस्थान गरेका छन् । बुधबार दिउँसो १२ बजे पाँच सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै ‘पावर एण्ड इनर्जी वीक’ मा सहभागी हुन त्यसतर्फ गएका हुन्।

बंगलादेश सरकारले आयोजना गर्न लागेको‘पावर एण्ड इनर्जी वीक’  सहभागि हुन मन्त्रि पुन ढाका गएका हुन्। बंगलादेशको तीनदिने भ्रमणका क्रममा उनले त्यहाँकी प्रधानमन्त्री शेख हसिना र आफ्ना समकक्षी नसरुल हमिदसँग भेटवार्ता गर्नुका साथै उर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल गर्ने छन् ।

गत महिना बङ्गलादेशसँग इनर्जी कोअपरेशनमा समेत हस्ताक्षर भएको थियो । मन्त्री पुन विकमा सहभागी भएर भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।