मोदी निकट शिवसेनाका मन्त्रीले दिए राजिनामा

मोदी निकट शिवसेनाका मन्त्रीले दिए राजिनामा


एजेन्सी – भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले राजीनामा दिएका छन् । शिवसेना पार्टीका तर्फबाट लोकसभाका सांसद भएका सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका हुन् । सावन्त मोदी सरकारमा ठूला उद्योगमन्त्री थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजीनामा घोषणा गरेका हुन् ।

‘शिवसेना सत्यको साथमा छ । यस वातावरणमा दिल्लीमा सरकारमा रहनु भनेको के हो ? यसकारण म केन्द्रीय मन्त्रीबाट राजीनामा दिन्छु’, ट्विटरमा उनले लेखेका छन् । यस राजीनामाका साथ यो अपेक्षा गरिएको छ कि शिवसेना महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा सरकार बनाउन गइरहेको छ । कांग्रेसले शिवसेना एनडीए गठबन्धनबाट बाहिरिए पछिमात्रै कांग्रेसले सहयोग गर्ने बताएपछि उनले राजीनामा दिएको बताइएको छ ।