माओवादी केन्द्रका मन्त्रीहरु चुनावपछिसम्मै यसकारण बस्दैछन् सरकारमा

माओवादी केन्द्रका मन्त्रीहरु चुनावपछिसम्मै यसकारण बस्दैछन् सरकारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । माओवादी केन्द्रले एमालेसंग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए ।

 

 

 

 

माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरु बाहिरिने अन्तिम निर्णय गरे पनि निर्वाचनप्रति सरकारले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै सरकारमै रहने निर्णय लिएको थियो ।

 

 

 

 

तर माओवादीका अधिकांश मन्त्रीहरु निर्वाचन अभियानमा जुटेकाले निर्वाचनअघिसम्म बिनाविभागीय कै हैसियतमा भए पनि सरकारमा रहने भएका हुन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।