मन्त्रिपरिषद् विस्तार : फोरमबाट स्वास्थ्यमा यादव, शहरी विकासमन्त्रीमा राई नियुक्त

मन्त्रिपरिषद् विस्तार : फोरमबाट स्वास्थ्यमा यादव, शहरी विकासमन्त्रीमा राई नियुक्त


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई आज मन्त्री पदमा नियुक्त गरेकी हुन्गत सोमबार नै फोरम र सरकारबीच सरकारमा सहभागी हुनेबारे सहमति भए पनि मन्त्री र मन्त्रालयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। फोरमबाट दुई जना थपिएपछि २४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

। यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए । फोरम सरकारमा सहभागी भएसँगै वर्तमान सरकारलाई दुई तिहाईभन्दा बढीको बहुमत प्राप्त भएको छ। फोरमसित प्रतिनिधिसभामा १६ सांसद छन्।