मन्त्री पुनलाई पुर्वसचिवहरुको सुझावः ‘पहुँचको आधारमा होइन आवश्यकताको आधारमा परियोजना बनाउनुस्’

मन्त्री पुनलाई पुर्वसचिवहरुको सुझावः ‘पहुँचको आधारमा होइन आवश्यकताको आधारमा परियोजना बनाउनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पुर्व सचिवहरुसँग छलफल गरेका छन् ।

आज सिंहदरबारमा मन्त्री पुनले उर्जा तथा जलस्रोत पुर्व सचिवहरु राजेन्द्रकिशोर क्षेत्री, शितलबाबु रेग्मी, किशोरबाबु अर्याल, वालानन्द पौडेल, द्वारिकानाथ ढुङगेल, भुवनेश्वर प्रधान, हरिराम कोइराला, विश्वप्रकाश पण्डित लगायत १० जनासँग छलफल गरेका हुन् ।
उनले पुर्वसचिवहरुसँग अनुभव आदानप्रदान तथा सुझाव लिने उदेश्यले भेट गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा पुर्वसचिवहरुले इतिहासमै पहिलोपटक उर्जामन्त्रीले पुर्वसचिवहरुसँग छलफल गरेको बताउँदै यसले नयाँ परीपाटी विकाश गर्ने धारणा व्यक्त गरेका थिए ।
पुर्वसचिवहरुले मन्त्री पुनलाई जल तथा उर्जा क्षेत्रमा विभिन्न सुझाव दिएका थिए । उनीहरुले संरचनात्मक संरचनामा ध्यान दिन, संस्थागत मेमोरी पद्धती विकाश गर्न, कर्णालीको विकाश गर्न, जल तथा उर्जा आयोगलाई शक्तिशाली बनाउन, भष्ट्राचार नियन्त्रण कम गर्न, पहुँचको आधारमा मात्र नभई आवश्यकताको आधारमा परियोजना बनाउन मन्त्री पुनलाई सुझाव दिएका थिए ।

पुर्वसचिवहरुको सुझाव महत्वपुर्ण हुने बताउँदै मन्त्री पुनले भोलिका दिनमा पनि सुझाव लिने बताए । उनले  यो सरकार स्थायी भएको बताउँदै कुरा भन्दा परीणाममुखी काम गरेर देखाउने बेला आएको बताए ।

मन्त्री पुनले १० वर्षमा १० हजार मेगावट विजुली उत्पादन गर्ने बताउँदै यी सबको आधार भएको र आफुले विजुलीमा नेपाललाई आत्मनिर्भर बनाउने बताए ।

प्रभावकारी काम गर्न कर्मचारीको आवश्यकता हुने उल्लेख गर्दै मन्त्री पुनले आफ्नो टिमसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । यसमा सबैको साथ र सल्लाहको सुझाव आवश्यक पर्ने र यस्तो छलफल पटक पटक गर्ने प्रतिवद्धता जनाए ।