काठमाण्डु – संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले ३ बुँदे असहमति राखेको छ ।
आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ३ बुँदे असहमति व्यक्त गरेका हुन् ।
उनले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राखेका हुन् ।
विधेयकमा स्पष्ट रुपमा कुलिङ पिरियड १ वर्ष राख्ने गरी प्रतिवेदन तयार पार्न लागेको भन्दै पाण्डेले असहमति जनाए।
यस्तै अतिरिक्त सचिव राख्ने नै भए सचिव र सहसचिवको पद संख्या घटाउन सुझाव दिदै उनले माओवादीले अतिरिक्त सचिवको पद आवश्यक नै नहुँदा पनि राख्न खोजिएको भन्दै असहमति व्यक्त गरे।
पाण्डेले भेटेनरी सेवामा ८औं तह राख्नुपर्ने र यो तह राख्दा कर्मचारी व्यवस्थापन सहज हुने दाबी गरे।
आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ।
प्रतिक्रिया