सरकारविरुद्ध माओवादी केन्द्रको प्रदर्शन भोलि, तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने तयारी

सरकारविरुद्ध माओवादी केन्द्रको प्रदर्शन भोलि, तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकारविरुद्ध शनिवार खबरदारी सभा गर्न लागेको छ ।

सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन् । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताए । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ ।

प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ । प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।

माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध देशैभरी कार्यक्रम गर्ने जनाएको छ । शनिबार बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरू भेला हुनेछन् । त्यसपछि जुलुस सुरु हुनेछ । जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप अगाडीको सडकमा पुगेर सभामा परिणत हुने छ ।

उपाध्यक्ष सापकोटाले सरकारले सय दिनमा गरेका काम विरोध सभामै सुनाउने बताए । सापकोटाका अनुसार प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर गरिनेछ ।

सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको सापकोटाले बताए । ‘सुरुमा २०–२५ हजार जम्मा हुन्छन् होला भन्ने लागेको थियो, तर अहिले त्यो बढेर ३०–३५ हजार हुन्छन् हाम्रो अनुमान छ’, उनले भने ।