समानुपातिकमा महिला मात्र सांसद बन्ने भएपछि माओवादीमा भयो हंगामा

समानुपातिकमा महिला मात्र सांसद बन्ने भएपछि माओवादीमा भयो हंगामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–माओवादीबाट प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्यामा महिलाको उपस्थिती धेरै हुने भएको छ । संविधानअनुसार संसदमा ३३ प्रतिशत महिला समावेश गर्नुपर्ने अनिवार्य नियम छ ।

 

 

माओवादीले पाएको समानुपातिकको  सिटमा अधिकांश महिला नेतृलाई सिफारीस गर्नुपर्ने बाध्यता देखिएको छ । माओवादी केन्द्रमा प्रत्यक्षतर्फ ३ जनाले महिलाले मात्र चुनाव जितेका छन् ।

 

पार्टी प्रवक्ता पम्फा भुसाल ललितपुरबाट ,पुर्व मन्त्री कमला रोक्का रुकुमबाट र युवा नेतृ विना मगरले कंचनपुरबाट प्रत्यक्षमा चुनाव जितेकी छन् । माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउने निश्चितजस्तै भएको छ ।

 

पुरुषतर्फ भने माओवादीबाट मणी थापा र हितराज पाण्डे सांसद बन्ने भएका छन् । समानुपातिकको सुचीमा रहेका माओवादीका अरु वरिष्ट नेताहरु भने सांसद नबने पक्का भएको छ ।  

 

समानुपातिकको सुचीमा रहेका माओवादीका प्रभावशाली नेताहरु सांसद नवन्ने पक्का भएसंगै माओवादीमा खैलाबैला मच्चिएको छ ।