वाईसीएलको कामप्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट, जनवर्गीय संगठन पुनर्गठन गर्ने निर्णय

वाईसीएलको कामप्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट, जनवर्गीय संगठन पुनर्गठन गर्ने निर्णय


काठमाण्डु – नेकपा माओवादी केन्द्रले जनवर्गीय संगठन र मोर्चाहरूको पुनर्गठन गर्ने निर्णय गरेको छ ।

आज सोमबार बसेको केन्द्रीय समितिको बैठकले जबस र मोर्चाबाट अपेक्षित काम नभएकाले पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘जबस र मोर्चाहरूमा जति अपेक्षा गरिएको थियो, त्योअनुसार सक्रिय भएनन्, अब सम्मेलन गरेर सबै जबस र मोर्चाहरूलाई पुनर्गठन गर्ने निर्णय भएको छ । यस्तै, प्रवासी नेपालीहरूलाई प्रशिक्षित र संगठित गर्ने निर्णय समेत भएको छ,’ उनले भने ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारी र वाईसीएलको भूमिकाप्रति असन्तुष्टि जनाएका बताइएको छ ।