पार्टी कमिटी गठनमा प्रत्यक्ष चुनाव गर्न माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव

पार्टी कमिटी गठनमा प्रत्यक्ष चुनाव गर्न माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव


काठमाण्डु – नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कमिटी प्रत्यक्ष निर्वाचनबाट गठन गर्ने प्रस्ताव पेश गरेका छन् ।

काठमाण्डुको कमलादीमा जारी विधान अधिवेशनमा उनले पार्टीका कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट गठन गर्न प्रस्ताव गरेका छन् ।

स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मको पार्टीका संरचनामा चुनाव हुनुपर्ने माग भएकाले चुनावको विषयलाई हलले नै टुंग्याउने उनले बताए । उनले भने, ‘पार्टीमा भएको छलफल, माग र अनुभवले पनि पार्टीका स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मका संरचना निर्वाचित गर्नुपर्ने हुन्छ । प्रत्यक्ष भन्दै गर्दा समावेशीता पनि हेर्नुपर्ने हुन्छ । समावेशी प्रतिनिधित्वको लागि कति प्रतिशत राख्ने भन्ने विषयलाई हलले नै टुंग्याओस् ।’