संघीय संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने माओवादीको निर्णय

संघीय संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने माओवादीको निर्णय


काठमाण्डु – संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको बताउँदै बैठक बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

संसद् बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेकोबारे बैठकमा छलफल भएको र ढिलासुस्तीका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा समसामयिक परिस्थिति र पार्टी रूपान्तरण लगायत विषयमा छलफल भएको उनले बताए । माओवादी स्थायी समिति बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।