माओवादी संविधान संशोधन गर्न तयार तर यी ४ शर्त

माओवादी संविधान संशोधन गर्न तयार तर यी ४ शर्त


काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संविधान संशोधनका लागि तयार भएको छ ।

संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन सरकार बनाएर चलाइरहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादी पनि संविधान संशोधनमा तयार देखिएको छ तर माओवादीले ४ शर्त राखेको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकमा संविधान संशोधनबारे छलफल भएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

संविधान संशोधनका लागि माओवादीले राखेका शर्तहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री बन्न नपाइने र प्रतिनिधि सभामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने उल्लेख छ ।

माओवादीको आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा संविधान संशोधनबारे छलफल हुने जनाइएको छ ।