माओवादीको तराई–मधेश जागरण अभियान पुनः सुरु हुँदै

माओवादीको तराई–मधेश जागरण अभियान पुनः सुरु हुँदै

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान पुनः सुरु गर्ने भएको छ ।

राजावादीहरूको सक्रियता बढे अभियान स्थगित गरेर राजधानी काठमाण्डु केन्द्रित भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः तराई–मधेश जान लागेका हुन् । अभियान चैत ७ गतेबाट सुरु हुँदैछ ।

पूर्वनिर्धारित कार्यतालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाइँदैछ । रोकिएको अभियान ७ गते बाराबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

अभियान ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवन पुग्नेछ । चितवनबाट अध्यक्ष प्रचण्ड फेरि काठमाण्डु फर्किनेछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थक राजावादीहरूले स्वागत गरेको विरोधमा माओवादी सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाण्डुमा विरोधसभा गर्दैछ ।

अभियानमा अध्यक्ष प्रचण्ड, उपमहासचिवसम्म पार्टीका नेताहरू अनिवार्य सहभागी हुँदैछन् । माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको थियो ।