माओवादी केन्द्रले पार्टी एकताका बिषयमा छलफल गर्न बोलायो बैठक

माओवादी केन्द्रले पार्टी एकताका बिषयमा छलफल गर्न बोलायो बैठक


काठमाडाैँ- माअाेवादी केन्द्रले  पार्टी एकताको विषयमा छलफल गर्न केन्द्रीय कार्यालयको विस्तारित बैठक आजै बाेलाएकाे छ ।

अाज बिहान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा अाेलीसँग पार्टी अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ बीच भएकाे छलफलपछि माअाेवादीले विस्तारित बैठक बाेलाएकाे हाे ।

पछिल्लो समय दुई पार्टीबीचको एकता टरेको हो कि भन्ने हल्ला चलिरहेको बेला दुई अध्यक्षबीच आज वार्ता भएको थियाे । पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको भएपनि पार्टी एकताकाे मिति भाेली नै घाेषणा गर्ने तयारीका लागी दुवै पार्टीले निर्णायक बार्ताका लागि बैठक बाेलाएका हुन् ।

अध्यक्ष प्रचण्डले ट्विट गर्दै पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक आफ्नै निवास खुमलटारमा दिउँसो ४ बजेका लागि बोलाएको जानकारी दिएका छन्। यसैगरी, नेकपा एमालेको स्थायी समिति बैठक पनि आजै ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्दैछ।