माओवादीका मन्त्री दिउँसो २ बजे सामुहिक राजीनामा दिँदै

माओवादीका मन्त्री दिउँसो २ बजे सामुहिक राजीनामा दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रका मन्त्रीहरु आज सामुहिक राजीनामा दिँदैछन्।

 

 

माओवादीका मन्त्रीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक राजीनामा दिन लागेका हुन्।

 

आज बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको थियो। यसअघि प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाउनकै लागि राप्रपालाई सरकारमा समावेश गरेको थियो।

 

तर, माओवादी केन्द्रले भने निर्वाचनको सुनिश्चितताका लागि भन्दै सरकारबाट नबाहिरिने निर्णय गरेको थियो। प्रधानमन्त्री देउवाले विना विभागीय बनाउने अन्तिम तयारी थालेपछि माओवादीका मन्त्रीहरु सामुहिक राजीनामा दिने निर्णयमा पुगेका हुन्।

 

आज बिहान प्रधानमन्त्री देउवा र दाहालबीचको भेट पछि प्रचण्डले उक्त निर्णय लिएका हुन्।