जापानी राजदूतद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन, पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता

जापानी राजदूतद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन, पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता


भक्तपुर– नेपालका लागि जापानका राजदूत मासासी ओगावाले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको मध्यपुर थिमिका सम्पदाको अवलोकन गरेका छन् । मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले राजदूत ओगावालाई मध्यपुर थिमिको विभिन्न क्षेत्रको अवलोकन गराएका हुन् ।

भूकम्पले क्षति पुगेका मध्यपुरथिमिका नगदेश विहार, तरकारी बजार, लायकू दरबारलगायतको अवलोकन गर्नुका साथै नगरपालिकाले निर्माण गर्न लागेको आधुनिक चिम्नी, मध्यपुरथिमिको पहिचान माक्स अर्थात् मुखुण्डो निर्माणको राजदूत ओगावाले अवलोकन गरेका हुन् ।

राजदूत ओगावाले अनुगमनपछि भूकम्पपछिको पुनःनिर्माणमा मध्यपुरथिमि नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत ओगावाको सम्मानमा नगरपालिकाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मध्यपुरथिमिका चर्चित परम्परागत नाच र वाद्यबाधन प्रस्तुति राखिएको थियो भने जापानी कलाकारद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो ।