एजेन्सी – चीनले मास्कको उत्पादन बढाउन ६ दिनभित्र नयाँ फ्याक्ट्री निर्माण गर्ने भएको छ । कोरोनाभाइरसबाट उत्पन्न बढ्दो मास्कको माग पूर्ति गर्न चीनले यस्तो तयारी थालेको हो ।
चाइना कन्स्ट्रक्सन फिस्ट ग्रुपले औद्योगिक भवनलाई छ दिनभित्र नयाँ मास्क फ्याक्ट्रीमा बदल्न लागेको हो । उक्त समूहले दैनिक दुई लाख ५० हजार मास्क बनाउने बताइएको छ । चीनले कुनै चीज छिटो बनाउने यो पहिलो उदाहरण होइन जुन भारत जस्तो अन्य देशहरूमा कल्पना गर्न एकदम गाह्रो छ ।
यस भन्दा पहिले वुहानमा, संक्रमित बिरामीहरूको उपचार गर्न भवनहरू निर्माण गरिसकिएको छ ।
सोमबार सुरू गरिएको निर्माणको काम शनिबार सम्पन्न हुनेछ । प्रोजेक्ट व्यवस्थापक सङ चावका अनुसार कामदारलाई सम्भावित सङ्क्रमणबाट जोगाउन दैनिक तापक्रम नाप्ने र लक्षण देखिएका कामदारलाई वस्तीबाट टाढा बास बस्ने व्यवस्था गरिएको छ ।
कोरोनाभाइरसको महामारीसँग लडिरहेको चीनमा चिकित्साकर्मी, कामदार, रोग नियन्त्रक तथा आम नागरिकले मास्कको ठूलो माग गरेका छन् ।
चीनले वुहानमा केवल १० दिनमा १५ सय बेडको एउटा अस्थायी अस्पताल निर्माण गरेको थियो । चीनले कोरोनाभाइरससँग लड्न अन्य आठ अस्थायी अस्पतालहरू पनि निर्माण गरेको छ ।
प्रतिक्रिया