तातो तातो मसरुम सुप यसरी बनाउनुहोस्

तातो तातो मसरुम सुप यसरी बनाउनुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाडो महिना सुरु भइसकेको छ । यो मौसममा तातो तातो सुप खानुको मज्जा बेग्लै हुन्छ । सुप खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । धेरैलाई माछामासुको सुप मात्र खाएको अनुभव होला तर च्याउ, विभिन्न मसला वा तरकारीको पनि मिठो बनाउन सकिन्छ । आज हामीले भेजिटेबल मिक्स सुप बनाउने तरिका सिकाउदै छौँ ।

सुप बनाउन आवश्यक सामाग्री

च्याउ, गाजर, काउली, क्याप्सिकम, प्याज, अदुवा, लसुन, टिमुर कागति ‐आवश्यकताअनुसार) हरियो धनियाँ (स्वाद अनुसार) मैदा एक चम्चा, तोरीको तेल एकचम्चा (तपाइसंग तोरीको तेल नभए अरु कुनै तेल पनि लिन सक्नुहुन्छ)

बनाउने विधि

सुरुवातमा हामीसंग भएको तरकारीलाई मसिनो गरी काट्ने । एउटा भाडोमा तेल तताउने तेलमा हामीसंग भएको सबै तरकारी राम्रो संग पकाउने । प्याज रातो भएपछि लसुन, अदुवा, पेस्ट हालेर दुई मिनेट पकाउने । च्याउ लगायतको मिक्स तरकारी राखेर एक छिन चलाउने । एउटा कचौरामा एक चम्चा मैदालाई तातो पानी राखेर फिट्ने । मैदा राम्रो संग घुलेको हुनुपर्छ ।

तरकारी रातो भएपछि मैदाको घोल राखेर एकछिन मधुरो आँगोमा पकाउने । त्यसपछि चाहिने मात्रामा पानी हालेर सुप उमाल्ने । त्यमा श्वाद अनुसारको नुन र कागतिको रस पनि राख्ने । दुई मिनेट जति पकाएमा सुपको स्वाद मीठो हुन्छ । अब सुप तयार भयो। हरियो धनियाँ छर्केर सर्भ गर्न सकिन्छ ।