काठमाण्डु– दसैँमा प्राय मासु सवैको घरमा पाक्ने गर्छ । अन्य समयमा भन्दा दसैंको बेला धेरै भन्दा धेरै मासु खाने चलन पनि छ । आफ्नो घरमा होस् या त आफन्तको या साथिभाईकोमा पनि मासु खाने गरिएको हुन्छ ।
मासु मात्रा मिलाएर खाएमा त्यसले फाइदा पनि गर्छ । तर, त्यही मासु ज्यादा खाएमा त्यसले हानी पनि गर्छ । प्रास मासु खानेहरुले दसैंको बेलामा बढी मात्रामा मासु खाने गरेको पनि हुन्छन् ।
तर, के तपाईलाई थाहाँ छ ? दसैंको बेला मासु कसरी र कति खाने ? भन्ने कुरा । सायदै तपाईँहरु मध्ये धेरैलाईलाई थाहा नहुन सक्छ । आउनुहोस् आज हामी तपाईलाई दसैँको बेला मासु कति, कसरी र कस्तो मासु खाने भन्ने कुरा सिकाउछौँ ।
कसरी खाने मासु ?
दसैको बेला मासु खादा धेरैको रोजाई रातो मासु नै हुन्छ । तर चिकित्सकहरु भने रातो मासु भन्दा सेतो मासु खानलाई सुझाव दिने गरेका छन् । माछा र सेतो मासु खादा नै स्वस्थ्यलाई फाईदा हुन्छ । रातो मासु खानै परे थोरैभन्दा थोरै खाने गरेमा त्यसले तपाईलाई विभिन्न रोगबाट बचाउन सक्छ ।
कति खाने माछा-मासु ?
दसैँको बेला माछा-मासु खाने कुनै लिमिट हुँदैन । विहान खाजा, दिउसो खाना र खाजा र फेरी बेलुका पनि मासु नै खाने गरेका हुन्छौँ । त्यसले गर्दा हामीलाई अपच हुने, दिसा राम्रो नलाग्ने, पेटमा ग्यास भरिने जस्ता कुराहरु हुने गर्छ ।
तर, तपाईले मासुको मात्रा मिलाएर खानु भयो भने त्यस्तो समस्या हुँदैन । मासु कति र कसरि खाने त ?
-रोतो मासु २ देखि ३ टुक्रा ।
-माछा २ देखि ३ टुक्रा ।
-सेतो मासु बढीमा ५ टुक्रा ।
-अन्डा १ देखि २ वटासम्म ।
-घाम र धूवाँमा सुकाएको मासु नखाने ।
-सामान्य फ्रिजमा राखिएको मासु दुई/तीनपछि नखाने ।
दसैँमा अरु के-के खाने ?
अपवाद बाहेक ३६५ दिनमा ३६० दिन एकै किसिमका खानेकुरा खाने नेपाली परम्परा नै हो । त्यसैले चाडबाडमा त हो भनेर पेटले मागुञ्जेल खाने नेपालीको बानी पूरानै हो । तर, त्यसरी खाँदा रोगको सिकार भइन्छ भनेर ध्यान दिनुपर्छ ।
चाडबाडमा रमाइलो गरेर जीवनभरि पछुताउनु राम्रो होइन । रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुञ्जेल दुःख पाउन सक्छन् । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।
प्रत्येक छाकमा हुनैपर्ने
-अन्न वा कन्दमुल ।
-सागपात वा फलफूल ।
-गेडागुडी ।
-पशुपन्छीजन्य स्रोतका खानेकुरा ।
प्रत्येक छाकमा उल्लिखित खानेकुरा मिलाए सम्बन्धित खानेकुरा खानेको स्वास्थ्य सन्तुलनमा रहन सक्छ । उसलाई पोषक तत्व कमी हुँदैन ।
प्रतिक्रिया