बास बसेको घरकै महिलालाई अभद्र व्यवहार गरेपछि मतदान अधिकृत परे प्रहरीको फन्दामा

बास बसेको घरकै महिलालाई अभद्र व्यवहार गरेपछि मतदान अधिकृत परे प्रहरीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला–महिलामाथी अभद्र व्यवहार गरेको भन्दै सहायक मतदान अधिकृत पक्राउ परेका छन् । दाुर्जलाको व्यास गाउपालिका वडा नं. ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत सुरेशसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

दार्चुलाको गोकुलेश्वरमा रहेको विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई अनुसन्धान गर्न नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

 

 

 

सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका ती सहायक मतदान अधिकृतले राती बास बसेको ठाउमा महिलामाथि हातपात गरेको भन्दै स्थानीयले निवेदन दिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लालबहादुर साउदले जानकारी दिए ।