काठमाण्डु – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा कर्जा विस्तारलाई नियन्त्रण गर्ने बताएको छ । गत आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तार नियन्त्रण गरि १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको हो ।
शुक्रबार आब २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो जानकारी दिएका हुन् । कर्जा विस्तार उच्च हुँदा बढेको आयातले व्यापार घाटासँगै शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढ्दा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियनत्रण गर्न खोजेको हो ।
बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न पनि कर्जा विस्तार नियन्त्रित गर्दै विस्तृत मुद्राप्रदायको विस्तार पनि संकुचन गर्न नीति राष्ट्र बैंकले लिएको छ । गत आवमा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत हुने प्रक्षेपण गरेपनि एकल अंकमा नै रहने अवस्था रहेकोमा चालु आबमा १२ प्रतिशतको लक्ष्य लिएको छ ।
यस्तै वाहृय क्षेत्रलाई सन्तुलन कायम राख्दै आर्थिक वर्ष २०७९/८० मा कम्तिमा महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी मौद्रिक तथा वाहृय क्षेत्र व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया