मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहज पुग्ने र अर्थतन्त्र चलायमान गराउन मौद्रिक नीतिले भूमिका खेल्ने बताएका छन् । यो वर्षको मौद्रिक नीति विगतको भन्दा केही लचिलो रहेको उनको भनाई छ ।

गर्भनर अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको बताएका छन् । उनले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति लिइएको बताएका हुन् ।

नीतिमा हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

गभर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्येनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताए।

त्यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था तर्जुमा गरिएको उनको भनाइ छ।

गभर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्येनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताए। त्यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था तर्जुमा गरिएको उनको भनाइ छ।