काठमाण्डु- पश्चिमी वायुको सामान्य प्रभाव देशैभर रहेको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौँमा मंगलबारको तुलनामा आज तापक्रम केही बढी छ । बिहान पौने ६ बजेको तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस छ । मंगलवार यही समय काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो ।
तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै थोरै स्थानहरूमा कुहिरो लागेको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया