काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ। दिउँसो गण्डकी र कोशी प्रदेशका केही स्थानमा बदलीको सम्भावना रहेको छ। बाँकी स्थानको मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
आगामी २४ घन्टाका लागि बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।
प्रतिक्रिया