काठमाण्डु-देशैभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यस्तै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणता बदली भएको छ । देशका बाँकी भू–भागमामौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रवार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
त्यसैगरी, राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको ।
प्रतिक्रिया