काठमाण्डु- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ । तर, राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया