काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू–भागमा हुस्सु,कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।
आगामी २४ घन्टाका लागि तराईका केही भू–भागमा हुस्सु-कुहिरो लागेको अवस्था रहने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया