काठमाण्डु – देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश र पूर्वका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित फाट्टफुट्ट पानी परेको छ । शनिबार दिउँसो र बेलुकीपख पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइताबारदेखि पश्चिमबाट मौसम सुधार हुनेछ । आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया