मौसम : आज आंशिक बदली हुने

मौसम : आज आंशिक बदली हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको हल्का प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ भने बाँकी ठाउँमा मौसम मुख्य रूपमा सफा रहन्छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भूभागहरूमा भने तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको र वर्षाको सम्भावना कम रहेको छ ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ भने बाँकी ठाउँमा मौसम मुख्य रूपमा सफा रहन्छ।