काठमाण्डु- स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार देशभर मौसम सामान्यतया सफा रहने छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
यस्तै, कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ।
प्रतिक्रिया