काठमाण्डु- देशका धेरै ठाउँमा सोमबार दिनभरजसो पानी पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाकोसमेत प्रभावका कारण आइतबारदेखि प्रिमनसुन फेरि सक्रिय भएको हो । यसको प्रभाव मंगलबारसम्म रहने र पानी पर्ने मौसमविदले बताएका छन् ।
महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
प्रतिक्रिया