काङ हाइड्रो कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता

काङ हाइड्रो कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता


काठमाण्डु – काङ हाइड्रो पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच माथिल्लो मैवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्री सम्झौता भएको छ ।

आयोजनाबाट १७.८५ मेघावाट विद्युत् उत्पादन हुनेछ ।

ताप्लेजुङ जिल्लाको मैवा खोला गाउँपालिका र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने माथिल्लो मैवा जलविद्युत् आयोजनाको निर्माण सम्झौताअनुसार आगामी २०८६ असार १ गते सम्पन्न भएर व्यापारिक उत्पादन शुरु हुने कम्पनीका प्रबन्ध निर्देशक तथा इन्जिनीयर गणेशप्रसाद सुब्बाले बताए ।

आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार बाटो, विद्युत् निर्माण आयोजनास्थलमा पुगिसकेकाले आयोजना निर्माण तत्काल शुरु भई तोकेको समयभन्दा अगाडि नै सम्पन्न हुने समेत उनले बताए ।

प्रबन्ध निर्देशक सुब्बाले आयोजनाको अनुमानित लागत ३ अर्ब ५० करोड रहेको बताए । जसमध्ये बैंकहरूबाट ७० प्रतिशत र शेयर सदस्यबाट ३० प्रतिशत लगानी गरिने जनाइएको छ ।