कीर्तिपुरका मेयरको निधनको शोकमा आइतबार उपत्यकाका पालिकाहरू मा बिदा

कीर्तिपुरका मेयरको निधनको शोकमा आइतबार उपत्यकाका पालिकाहरू मा बिदा


काठमाण्डु-कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा आइतवार काठमाण्डौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ ।

काठमाण्डौ उपत्यका मेयर्स फोरमले मेयर नकर्मीको निधनमा काठमाडौं, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति शनिवार बेलुका निधन भएको हो ।

फोरमका अध्यक्ष चीरबाबु महर्जनले जारी गरेको विज्ञप्तिमा नकर्मीको निधनको खबरले मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।