कार्यपालिका सदस्यलाई मेयर साम्पाङको चेतावनी : मैले भनेको नमान्ने भए राजीनामा दिनू

कार्यपालिका सदस्यलाई मेयर साम्पाङको चेतावनी : मैले भनेको नमान्ने भए राजीनामा दिनू


विराटनगर – धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।

कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि मेयर साम्पाङले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने भए राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन । बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए । कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बसेको छैन ।

मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।