माओवादी केन्द्रको निर्णयले प्रधानमन्त्री परे अफ्ठेरोमा

माओवादी केन्द्रको निर्णयले प्रधानमन्त्री परे अफ्ठेरोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । माओवादी अध्यक्ष प्रचण्डको निजी निवास लाजिम्पाटमा शनिवार बसेको केन्द्रिय कार्यालय बैठकले सरकारलाई दिएको समर्थन कायम नै राख्ने निर्णय गरेको हो ।  

 

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जना  मन्त्री सहभागी गराउने निर्णय गरेपछि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने चर्चा चलेको थियो । माओवादीको निर्णयले प्रधानमन्त्री देउवा झन् अफठेरोमा परेका छन् ।

 

 

 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको जानकारी दिईन । उनले सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता  नबोलाउने निर्णय भएको बताईन ।

 

 

 

माओवादीले निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्रीले सरकार विस्तार गरेकोमा आपत्ती समेत जनाएको छ ।