काठमाण्डु – नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी एकताका लागि एकता संयोजन समिति बनाउने निर्णय गर्दै छलफल गर्ने जिम्मा अध्यक्ष माधव कुमार नेपाललाई दिने निर्णय भएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले वाम शक्तिहरुको बीचमा एकताको पहल सुरु भएको बताए । उनले त्यसका लागि पार्टी अध्यक्ष नेपालले कुरा गर्ने निर्णय भएको जानकारी दिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललले समेत मंगलबार एकीकृत समाजवादीसंग एकता गर्न छिट्टै एकता संयोजन समिति बन्ने बताएका थिए ।
प्रतिक्रिया