काठमाडौं– माओवादी केन्द्रका नेता एवंम् पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रदेश नम्बर २ को चुनावमा माओवादी केन्द्र पहिलो हुने दावी गरेका छन् । अखिल(क्रान्तिकारी)को काठमाडौंमा आयोजित भेलालाई विहिवार सम्बोधन गर्दै नेता बस्नेतले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका हुन ।
मधेषी जनताको लागी माओवादीले सबैभन्दा बढी लडेको भन्दै नेता बस्नेतले पछिल्लो समय मधेषमा माओवादीको पक्षमा देखापरेको जनलहर त्यसैको परिणाम भएको दावी गरे ।
‘माओवादीले लडेको कुरा यतिबेला मधेसी जनताले बल्ल बुझ्न थालेका छन्, माओवादीको पक्षमा पछिल्लो समय देखा परेको जनलहर यसैको परिणाम हो । ’ नेता वस्नेतले भने ।
प्रतिक्रिया