काठमाण्डु – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै नेपालमा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्थगित भएका छन् ।
राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबाट एमसीसी ९० दिनका लागि स्थगित भएको हो । ट्रम्पले अमेरिकी अनुदानका अन्य गैरसरकारी संस्थाका कार्यक्रम पनि स्थगित गरेका छन् ।
एमसीसी स्थगित भएकोबारे नेपाल सरकारलाई २०८१ फागुन २ गते इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो । सम्झौतालाई प्रतिनिधिसभा बैठकबाट अनुमोदन गराउन नेपालमा दलहरूबीच लामो आरोप–प्रत्यारोप भएको थियो । पक्ष–विपक्ष भई पारित भएको एमसीसीको भविष्य अन्योलमा परेको छ ।
प्रतिक्रिया