भोेलिको संसद बैठकमा एमसीसी टेबुल हुन्छ : कानुनमन्त्री

भोेलिको संसद बैठकमा एमसीसी टेबुल हुन्छ : कानुनमन्त्री


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने संसद बैठक एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गर्न दिएको डेडलाइन अनुसार प्रधानमन्त्री देउवाले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका हुन् ।

अमेरिकाले फागुन १६ गतेभित्र परियोजना पास नगरिए नेपाल अमेरिकाबीचको लामो कुटनीतिक सम्बन्ध बिग्रीने समेत चेतावनी दिइसकेको छ । यस्तोमा प्रधानमन्त्री देउवा जसरी पनि एकसीसी पास गर्नुपर्ने दबावमा छन् ।

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने हुने बताए । संसद कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’

मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको एमसीसीको विषयमा आवश्यक निर्णय लिन कांग्रेस संसदीय दलको बैठक जारी छ ।