अस्ट्रेलियामा घामले तातेको गाडीमै पाक्यो मासु

अस्ट्रेलियामा घामले तातेको गाडीमै पाक्यो मासु


क्यानबेरा – अस्ट्रेलियामा एक व्यक्तिले हपहप बल्ने अवस्थाको घाम भएको दिनमा कारमै मासु पकाएका छन् । पश्चिमी अस्ट्रेलियाको पर्थमा स्टु पेंगेली नामक व्यक्तिले लगभग १० घन्टाका लागि आफ्नो रातो डाटसन गाडीमा एक बेकिङ किस्तीमा सुुगुरको मासु रोस्ट गरेका हुन् ।

स्टू पेंलेगीले यसको केही तस्बिर आफ्नो फेसबुकमा पनि सेयर गरेका छन् । यसलाई सेयर गर्दै उनले लेखेका छन्,‘जसले यो मेरो मज्जाको प्रयोगलाई देखेका छैनन, उनलाई म भन्छु कि मैले हिजो १.५ किलो सुँगुरको मासु आफ्नो पुरानो डाट्सन कारमा १० घन्टामा पकाएको छु ।’ त्यहाँको तापक्रम ३९ डिग्री सेल्सियस थियो । स्टूले थप लेखेका छन्,‘आज म जब घरमा थिए, विहानदेखिनै तापक्रम हेरिरहेको थिया । ७ बजे तापक्रम ३० डिग्री थियो र पछि १० बजेको समयमा ५२ डिग्रीसम्म पुगेको थियो । पछि १ बजेसम्म गाडीभित्र तापक्रम ८१ डिग्रीसम्म पुगेको थियो ।’

यदी यो अलि नयाँ र कालो रङको गाडी भएको भए सायद यसको तापक्रम अझ बढी हुन सक्ने उनले बताए । यसका साथै स्टुले आफ्नो पोस्टमा मानिसलाई चेतावनी दिँदै लेखेका छन्, ‘आफ्नो तातो गाडीमा कसैले पनि यस्तो बस्तु नराख्नुस्, जुन तपाईका लागि खास रहेको छ ।’

उनले यदी कुनै पनि तातो गाडीमा बच्चा वा कुकुरलाई देखियो भने त्यसको सिसा फुटाउनका लागि बिलकुल पनि नडराउन उनले सल्लाह दिएका छन् । यसो गर्नाले कसैको ज्यान बच्न सक्ने उनले बताएका छन् ।

अस्ट्रेलियाको मौषम विज्ञान विभागका अनुसार पर्थमा यो महिना १० दिन तापक्रम ३५ डिग्री सेल्सियस भन्दा बढी हुनेछ ।