मेडिकल काउन्सिलको परीक्षामा ७१ प्रतिशत डाक्टर फेल

मेडिकल काउन्सिलको परीक्षामा ७१ प्रतिशत डाक्टर फेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्।

डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नै पर्छ।र विभिन्न अस्पतालमा काम गर्नका लागि पनि काउन्सीलको परिक्षा पास गर्नुपर्ने हुन्छ ।

शनिबार भएको परीक्षामा सहभागी हुन ९ सय १२ जनाले आवेदन दिएका थिए। तीमध्ये ९ सय ३ परीक्षार्थी जाँच दिन आए। हिजै प्रकाशित नतिजाअनुसार ६ सय ४१ जना फेल भए। २ सय ६२ जनाले मात्र काउन्सिलमा दर्ता हुने भए।

परीक्षा प्रक्रियाको सुरूदेखि अन्तिमसम्म परीक्षा समिति र काउन्सिलले आमन्त्रित गरेका विज्ञ र तोकेका कर्मचारीबाहेक कोही पनि प्रवेश गर्न पाउँदैनन्।

बाँस्कोटाका अनुसार परीक्षा गर्न काउन्सिलले एक समिति बनाएको हुन्छ। काउन्सिल पदाधिकारीका आफन्तले परीक्षा दिँदैछन् भने ती पदाधिकारी परीक्षा प्रक्रिया संलग्न नहुने चलन रहेको उनले जानकारी दिए। प्रश्नपत्र निकै वैज्ञानिक तरिकाले बनाउँदै आएको बाँस्कोटाको दाबी छ।

उनकाअनुसार विभिन्न १३ ओटा विषयसँग सम्बन्धित विज्ञबाट संकलन गरिएका प्रश्नहरू काउन्सिलको प्रश्न बैंकमा जम्मा हुन्छन्।त्यसपछि ५ सदस्यीय उच्च विज्ञको टोली बनाइन्छ, सो टोलीले बैंकमा जम्मा भएका प्रश्नहरूबाट परीक्षामा सोध्ने प्रश्न छान्छ।

काउन्सिलले वर्षमा ३ पटक यस्तो परीक्षा लिन्छ। एमबिबिएस र बिडिएस पढेकाको र एमडी, एमएस र एमडिएस गरेकाको फरक(फरक समयमा परिक्षा हुन्छ।